पर्सा । नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आज ३५ औँ स्थापना दिवस मनाउँदैछ । राष्ट्रिय युवा संघ पर्साले संगठनको स्थापना दिवसका अवसरमा नारायणी अस्पताल बिरगंजका जेनरल वार्डमा रहेका बिरामिहरुलाई फलफुल बितरण गरेको छ ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य रबी गुप्ताले सबैमा सुभकामना दिदै युवा संघका संस्थापक देखि हाल सम्मका सम्पुणर् योद्धाहरु प्रती हार्दिक आभार ब्यक्त गरेका छन । देशमा बेतिथी बिसङ्गती अन्त्य गर्न महत्वपुणर् जिम्मेवारी बोकेर स्थापना भएको संगठन भएकाले यश दिशामा लाग्न सबै युवा संघका कार्यकर्तालाई निर्देशन समेत दिएका छन ।
राष्ट्रिय युवा संघ पर्साका कार्यवाहक अध्यक्ष अर्जुन नेपालले हाल हाम्रो चारैतिर भ्रस्टाचार,अन्याय तथा बेथिती बढेको भन्दै यसमा हामिले तदारुकता देखाउदै गएको बताए । हाल पर्सामा खानेपानी समस्या तथा अनावस्यक बिधुत कटौतीले जनता आजित भएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन । नेपालले यस्ता समस्याहरूको यथाशीघ्र संबंधित निकायले ध्यान नदिए यस विरुद्ध युवा संघ अगाडी बढ्ने बताए ।
राष्ट्रिय युवा संघका महानगर कमिटीका अध्यक्ष दिपक पटेल र उपाध्यक्ष आमिर खानले संगठनले समाजका लागि हरेक किसिमको समाजिक कार्य गर्दै आएको बताए । समाजका लागि हरपल तम्तयार भएर हामी लाग्ने प्रतिबद्धता समेत जाहेर गरे ।
कार्यक्रमको सहजीकरण राष्ट्रिय युवा संघका नेता एवं नेकपा एमालेका नव निर्वाचित जिल्ला सदस्य प्रमोद राज पटेलले गरेका थिए । युवा संघले स्थापना दिवसको अवसरमा देशभर रचनात्मक कार्यक्रम गरेर दिवस मनाउँदैछ । युवा संघले प्रत्येक वर्षको जेठ १ गतेलाई युवा दिवसका रुपमा मनाउँदै आएको छ । सो अवसरमा राष्ट्रिय युवा संघका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।