पर्सा l पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं ५ महुवनमा रहेको श्री नेपाल रास्ट्रिय माध्यमिक बिधालयका बिधार्थीहरुले अाफ्नै बिधालयका शिक्षकहरुलाई हातपात गरको बिरुधमा शिक्षकहरुले बिधालय नौ दिन देखि बन्द गरेका बिधालय बिहिवार देखि खुल्ने बताएका छन ।
बुधबार बसेको जनप्रतिनिधि , अबिभावक र शिक्षकहरुको बसेको बैठकबाट बिधालयमा रहेका केही उसिंखल गतिबिधी गर्ने बिधार्थीहरुलाई बिधालयबाट रिस्टिगेट गरि कार्वाही गर्ने शर्तमा बिहिवार देखि बिधालय बन्द रहेको खुला गरि पठन पाठनमा ल्याउने प्रअ बिनोद चौधरीले जनाएका छन।
श्री नेरामाबी महुवनका प्रअ बिनोद चौधरीले दिए जानकारीका अनुसार बुधबारको दिन शिक्षकहरुले अाफ्नो कक्षा कोठामा पढाउन जादा केही बिधार्थीहरुले बाहिर खेलिरहेको अवस्थामा शिक्षकले कक्षा कोठामा बोलाएर समझाउदा एकासी केही बिधार्थीहरुले गाली गलौज गर्दै हातपात गरेपछी बिधालयका शिक्षकहरु सो ठाउँमा पुगदा उसिंखल केही बिधार्थीहरु तीन जना शिक्षकहरुलाई हातपात गरेका छन ।
शिक्षकहरुलाई हातपात गरेको कारण बुधबार देखि बिधालय बन्द गरिएको हो । उसिंखल बिधार्थीहरुको सिकारमा परेका शिक्षक बासुदेव साह, प्रमोद पाण्डे ,शिवशंकर सहनीलाई हातपात गरेका थिए । जब सम्म यश घटनामा संलग्न बिधार्थीहरूलाई कार्वाही नभए सम्म बिधालय बन्द रहने बिधालयको अडान रहेको प्रअ चौधरीले जनाएका थिए ।
यो बिधालयमा पहिला पनि चार चोटि बिधार्थीहरुले कुनैन कुनै बहाना निउ खोजेर शिक्षकहरुलाई हातपात बेईजत गर्ने गरेको र बिरोध गर्दा स्थानिय अबिभावक र जनप्रतिनिधिहरुले बिधार्थीहरु संग माफि मंगाएर माफी गराउदै अाएकोले अहिले बिधालयमा केही बिधार्थीहरु छाडा भईसकेकोले बिधालयमा यस्तो अावस्था अाएको शिक्षकहरुले जनाएका छन ।
प्रअ चौधरीले जनाए अनुसार उसिंखल गतिबिधीका बिधार्थीहरुले अहिले पनि धाकधमकी दिदैछ कि शिक्षकहरु बिधालयमा अाएपछी फेरि कुटपिट गर्ने धाकधमकीबाट बिधालय जान समस्या देखिएको थियो । यश घटना को सम्बन्धमा गाउँपालिका अध्यक्ष जसवनत यादव र प्रहरी प्रसाशनमा राखिएपनी अाजको बैठकमा अबिभावकहरुले जिमा लिनुभएको हो ।
यस बिधालयमा करिब ८ सय जना छात्र,छात्राहरु रहेको र त्यसमा सबै भन्दा बढि ५ सय जना छात्राहरु रहेका छन। बिधालयमा यस्ता रवैया रहयो भने छात्राहरुको भबिष्य खराब हुने देखिएको छ । सरकारी बिधालयमा गरिब समुदायका छात्र ,छात्राहरु पढने गरेको र त्यसमा पनि छात्राको संख्या बढि देखिएमा केही उसिखल बिधार्थीहरुको गलत गतिबिधीका कारण बिधालय बन्द भएपछी छात्र,छात्रा हरुको भबिष्य अन्धकारमा पर्ने स्थानिय अबिभावकहरुले बताए ।
यो बिधालयका जिम्मेवार ब्यक्ति बिधालय ब्यवस्थापन समिति बिहिन रहेकोले बिधालयको यस्तो अवस्था रहेको कारण यस्ता समस्या देखिएको हो। बिधालयको रेखदेख जनप्रतिनिधि वडा अध्यक्ष रहेपनी वडाअध्यक्ष राजनितीकमा ब्यस्थ रहेकोले बिधालयमा समय नदिएकोले बिधालयमा समस्या देखिएको छ ।
यस घटनाको समबन्धमा वडा नं ५ का वडाअध्यक्ष अशेषर यादवसंग कुरा गर्दा अाज हामी सबै अबिभावकहरु बसेर यस्ता घटनाहरु प्रति छलफल गरि दोसी बिधार्थीहरु लाई कार्वाही हुने बताए । महुवन बिधालय बन्द रहेकोले अाज बैठक बसी पिडित शिक्षकहरुको चित बुझाउदै बिधालय खुला बिहिवार देखि संचालनमा ल्याएर बिधालयका पठनपाठन सुचारु गराउने वडा अध्यक्ष यादवले बताए । यस्ता रवैया फेरि नदोहरोस भन्दै बिधार्थी हरु लाई पनि कार्वाही गराउने बताए ।
महुवन बिधालयमा यस्ता घटना घटेर बिधालय बन्द भएपछी स्थानिय अबिभावकहरु चिन्तित भएका थिए । बिधालयमा यस्तै रवैया रह्ययो भने छात्राहरुलाई पठनपाठनमा समस्या अाउने स्थानिय अबिभावकहरुले गुनासो गरेका थिए।