बिरगंज । प्रौढ संघ नेपाल पर्साको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न सपथ ग्रहण कार्यक्रममा निर्वाचन अधिकृत मनोज कुमार मिश्रले संघको २२ औं साधारण सभाबाट सर्व सहमतिले निर्वाचित अध्यक्ष नन्दराउत अहिर, उपाध्यक्ष अनिल कुमार रिजाल, सचिव रितेश प्रसाद गुप्ता, सह सचिव रामसुदिक लाल कर्ण, कोषाध्यक्ष श्रवणबहादुर रायमाझि त्यस्तै सदस्यहरु गैरी प्रसाद गुप्ता, जानकी हाडा, मिनु श्रेष्ठ, साबित्री भुमिहार, गोबिन्द ताम्राकार,जयराम पटेल, हेमन्त शाक्य तथा सुरेश प्रसाद चौरसियालाई पद तथा गोपनियताको सपथ गराई प्रमाण पत्र प्रदान गरेका थिए ।
सो सभामा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, निवर्तमान सचिव श्यामसुन्दर झा तथा निवर्तमान कोषाध्यक्ष सरस्वती श्रेष्ठलाई सफल कार्यकाल कार्यभार सम्भालेको तथा संस्थालाई नयाँ उचाई दिन सहयोग गरेको भन्दै कदर पत्र सहित दोसल्लाले सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष संजिव मिश्र, सुरेन्द्र मिश्र,जयराम बराल, श्रीनारायाण यादवलगायतकाले शुभकामना मंतव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण कोषाध्यक्ष श्रवणबहादुर रायमाझीले गरेका थिए ।