वीरगञ्ज । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेजामुद्दीन समानीले पोखरिया अस्पताललाई जिल्ला अस्पताल बनाउन माग गरेका छन् । आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवलाई ज्ञापन पत्र बुझाउँदै समानीले जिल्ला अस्पताल बनाउनुपर्ने माग गरेका हुन् ।
साथै उनले पोखरिया नगरपालिका वडा नम्बर ८ स्थित बर्थिङ् सेन्टरको भवन निर्माण गराउन पनि माग गरेका छन् । बर्थिङ् सेन्टरको भवन आवश्यक्ता रहेको हुँदा निर्माणका लागि बजेट र योजना बनाइदिन समानीले स्वास्थ्य मन्त्री यादवसँग अपिल गरेका हुन् ।
साथै उनले बाबा रामजनम तिवारीको नाममा अस्पताल निर्माण गर्न र ब्लड बैंक (रक्तसञ्चार केन्द्र) का लागि आवश्यक उपकरण उपलब्ध गराउन पनि माग गरेका छन् ।
समानीको पत्र बुझ्दै मन्त्री यादवले सिंगो देशको स्वास्थ्य क्षेत्र सुधारसँगै आफ्नो गृह जिल्ला पर्सा प्राथमिकतामा रहेको बताए । समानीले गरेका माग प्रति सकारात्मक प्रतिक्रिया दिँदै उनले माग पूरा गर्ने आश्वासन दिएका छन् ।