बिरगंज । जनता समाजवादी पार्टीबाट बिन्दबासिनी गाउँपालिका वडा नं १ मा निर्वाचित वडा अध्यक्ष अक्षयलाल महतोले आफू संस्थापन पक्षमै आवद्ध रहेको प्रष्ट पारेका छन्। वडा अध्यक्ष महतोले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आइरहेका भ्रामक सूचनाको खण्डन गर्दै उनी जसपा संस्थापन पक्षमै यथावत रहेको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘वडा अध्यक्ष महतोको बारेमा विभिन्न सञ्चार माध्यममा आइरहेका समाचारहरू भ्रामक रहेकोले आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ। उनी कुनैपनि गुट वा दलसँग आवद्ध नरहेको र जसपा संस्थापन पक्षमै यथावत रहेका छन्।’
जसपा नेपालका अशोक राईले पार्टी फुटाएपछि महतोको पनि नाम समावेश गरेको विषयलाई उनले खन्डन गरेका छन् ।