बर्दिया – बर्दियामा पाटे बाघको आक्रमणबाट बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकायको ज्यान गएको छ ।
बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन बढुवार गाउँ नजिक बाघको आक्रमणबाट रोकायको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
दिदीसँगै बैजनाथबाट बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा रोकायलाई बाघले आक्रमण गरेको थियो । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।