पर्सा । नेपाल भारतको बिभिन्न नाकाबाट प्रहरीलाई चुनौती दिँदै खुलेयाम तस्करी गर्दै गरेका भारतीय नामुद तस्कर मुक्तार अलि वीरगञ्जबाट पक्राउ परेका छन ।
पर्सा प्रहरीलाई आफुले सेटिङग गरेर राखेको हल्ला गर्दै तस्करी आतंक मचाउने गिरोह संचालन गर्दै आएका मुक्तार अलि आज वीरगंज बजार क्षेत्रबाट घुमिफिरी रहेको अवस्था पर्सा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको नाम भजाउने र बदनाम गर्ने गरेको सुचना पाए लग्तै पर्सा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । नामुद तस्कर पक्राउ परेपछि अहिले निकै चर्चा बनेको खबर छ ।