पर्सा । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा र जितपुरसिमरा वडा-१४ बिच सम्झौता भएको छ । जितपुरसिमरा वडा १४ अन्तरग्त रहेका बिमारिहरुलाइ उपचारको क्रममा रक्तसञ्चार केन्द्रबाट आवश्यक पर्ने रगतको परिक्षण बापतको शुल्कलाई निशुल्क उपलब्ध गराउने भनी रेडक्रसका सभापति बिरेन्द्र राज कंडेल र वडाअध्यक्ष चयन गुरुङ बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षरको क्रममा सेवा कार्यलाई तिब्रता दिदै रगतको परिक्षण शुल्कलाइ वडावासी लगायत सबै ठाउको बासिन्दाहरुलाइ समेत निशुल्क रगत उपलब्ध गराउनको लागि आफ्नो क्षेत्रमा लगायत अन्य निकायमा समेत पलग गर्ने गराउने प्रतिबद्धता वडाअध्यक्ष चयन गुरुङले जनाएका छन ।
रक्तदान कार्यक्रम देखि रक्तसञ्चार केन्द्र सम्म र साथै सो रगतलाइ विभिन्न रोग परिक्षण गरेर बिरामिको रगतले क्रसम्यासको प्रक्रियालाई पूरा गरेर बिरामी सम्म सुरक्षित पुर्याउने कार्यमा लाग्ने शुल्कलाइ ध्यानमा राखि जितपुरसिमरा-१४ का वडाअध्यक्ष चयन गुरुङले गर्नु भएको स्रहानियलाइलाइ धन्यवाद दिदै प्रत्येक वडा एवं प्रत्येक स्थानीय जनप्रतिनिधिले समेत रेडक्रसको कार्यमा समन्वय एवं सहयोग गर्नु पर्ने कुरामा जोड दिनुका साथै सबैले निस्वार्थ रुपले मानवीय सेवा कार्यमा जुट्नका लागि नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्र राज कंडेलले अनुरोध गर्नु भएको छ ।
सम्झौता पत्र हस्ताक्षरको क्रममा नेपाल रेडक्रस पर्साका नि.शाखा अधिकृत बिरशम्सेर प्रसाद कुर्मी, सहायक राजन श्रीवास्तव र मिना क्षेत्रीको सहभागीता रहेको कुरा श्रीवास्तवले जानकारी गराएका छ्न ।