वीरगंज । जनता प्रगतिशिल पार्टी नेपाल पर्साका कार्यवाहक अध्यक्ष गोविन्द गुप्ताको नेतृत्वमा ६५ जनाले पार्टी प्रत्याग गरी राप्रपामा प्रवेश गरेका छन् ।
राप्रपा पर्सा उपाध्यक्ष एवम् प्रवक्ता मनोज मिश्रको अध्यक्षकतामा भएको कार्यक्रममा जनता प्रगतिशिल पार्टीका उपाध्यक्ष अंकुश पटेल , सचिव विवेक झा , सह-सचिव अनिल यादव, कोषाध्यक्ष सरोज चौधरी, प्रवक्ता अभिषेक ठाकुर , नेपाली कांग्रेसका सुशील सिंह , नेकपा एमाले की रागनी गुप्ता लगाएतले राप्रपामा प्रवेश गरेका छन् ।
नव प्रबेशीहरुलाई राप्रपा मधेश प्रदेश कमिटी सदस्य एवंम् प्रमुख अतिथि जगनाथ प्रसाद कुर्मीले फूल , माला र टिका लगाई पार्टीमा स्वागत गर्नु भएको थियो ।
देशको विकास र जनताको भलो अन्य पार्टीबाट नहुने भएकोले राप्रपा नै देशको हकहितको लागि एउटै मात्रै पार्टी भएकोले हामीहरूले प्रवेश गरेको नव प्रबेशीहरुले बताएका छन्। कार्यक्रमको सहजिकर राप्रपाका अनिल कुशवाहाले गरेका थिए ।