सर्लाही l प्रभु बैंक लिमिटेड र सीता प्यालेस होटेल तथा सीता प्यालेस होलिडे ईन प्रा. लि. बिच ग्राहक तथा कर्मचारी लाई बिशेश छुट दिने सम्बन्धि सम्झौता भएको छ ।
प्रभु बैकको डिजिटल भुक्तानी सेवा लिने सम्पुर्ण ग्राहक तथा कर्मचारीलाई लक्षित गरि सीता प्यालेस होटेल, हरिवन तथा होलिडे ईन होटेल नयारोड मा प्रभु बैकको कार्ड तथा मोबाईल बैकिङ सेवा मार्फत भुक्तानी गर्दा छुट पाउने सम्झौता भएको हो ।
उक्त सम्झौता पत्र अनुसार प्रभु बैंकका ग्राहकले खाना तथा खाजामा १०% र कोठा भाडामा १५% सम्म छुट प्राप्त गर्नेछन । उक्त सम्झौता पत्रमा प्रभु बैंक को तर्फबाट नयाँ रोड शाखाका शाखा प्रबन्धक सुबोध कुमार पुडासैनी र सीता प्यालेस होलिडे ईनका तर्फबाट प्रबन्ध निर्देशक बिनोद मैनाली ले हस्ताक्षर गर्नुभएको छ ।