पर्सागढि । पर्सागढी नगरपालिकाको एघारौँ नगरसभा स्थगित भएको छ। नगरप्रमुख गोकर्ण पाठकको अध्यक्षतामा उद्घाटन गरिएको नगरसभा वडाध्यक्षहरूको विरोधपछि नगरसभा स्थगित गरिएको छ ।
गएको २ गतेको दिन नगर प्रमुख गोकर्ण पाठकले नगर सभा एकलौटी गर्ने निर्णय गरेपछि। सात जना वडा अध्यक्ष शंकर राय भर ,सुनरी देबी थरुनी ,सुकमान तामाङ्ग, राम बढाई प्रसाद यादब, शेख खुर्सेद, नितेश मिश्रा, नवल किशोर प्रसाद कलवार र केही वडा सदस्यहरूले विभिन्न १३ वटा मागहरू जस्तै (१)नगरपालिका स्तरीय गठित पाँचवटा विषयवस्तुको काम र कर्तव्य र अधिकार सार्वजनिक हुनुपर्ने। (२ )नगरपालिकामा नगरस्तरीय प्रदेश स्तरीय र संघस्तरीय आएको बजेटको आय ब्याय सार्वजनिक हुनुपर्ने। लगायतका मागहरू नगरपालिकाले पूरा गर्नुपर्ने अडान सहित विरोध गर्दै आइरहेका थिए।।
आज सुरु गरिएको नगरसभामा मात्र २२ जनाको उपस्थिति रहेको थियो भने बाँकी वडाध्यक्ष र सदस्यहरूले असहमति गरेपछि नगरसभा भोलि बिहानसम्मको लागि स्थगित गरिएको छ।।
नगरसभा गर्नको लागि चाहिने ५१ प्रतिशत उपस्थिति नपुग्दा नगरपालिकाले स्थगित गरेको छ।