वीरगन्ज । राष्ट्रिय धान दिवसको अवसरमा प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले धान रोपेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।


वीरगन्ज महानगरपालिका अन्तर्गत रहेको कृषि तथा पशुपन्क्षि व्यवसाय प्रबर्द्धन शाखाद्वारा आयोजित २१ औं राष्ट्रिय धान दिवस धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ २१ औ राष्ट्रिय धान दिवस हर्सोहुलासका साथ मनाइएको छ।
सो कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज महानगरका उपप्रमुख एवम् कृषि तथा पशुपन्क्षी व्यवसय प्रबर्द्धनका संयोजक इम्तियाज आलमले उत्कृष्ट कृषकहरुलाई प्रमाणपत्र दिएर सम्मान गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै आलमले हाम्रो देश नेपाल कृषि प्रधान देश हो । धान दिवस कृषकहरुको उत्साहको पर्व हो । कृषकहरुले हर्सोहुलासका साथ यो पर्वलाई देशभरि मनाउने गर्दछन । आज मलाई गर्व महसुस भैरहेको छ कि म पनि किसान संग धान रोपेर यो पर्वलाई धुमधामका साथ मनाई रहेको छु। आज यो रोपाई देखेर मलाई मेरो बाल्यकालको सम्झना आइरहेको छ । बाल्यकालमा म पनि बुवा संग खेतमा गएर हिलो खेल्थे र धान रोप्ने गर्थे मेरो खेतमा धान रोप्नेहरुले गित गाउने , एक आपसमा मजाक गर्ने र एकअर्कालाई हिलो छ्यापि रमाइलो गर्ने गरेको मलाइ आज पनि सम्झना छ , म पनि किसान कै छोरा भएको बताउनु भयो ।
उक्त धान दिवस वडा न. २७ का वडा अध्यक्ष हृदयनारायण कुर्मीको अध्यक्षतामा आयोजना गरिएको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई , हरि शंकर राउत कुर्मी , रुपनारायण कुर्मी ,प्रतिज्ञा बैध,सुनिल कर्ण,राम कुमार कुशवाहा,रोशनी यादव लगायत स्थानीय वासीहरुको सहभागीता रहेको उपमेयरका प्रेर्स सल्लाहकार मोहम्मद सदाबले बताएका छन ।