बीरगन्ज। प्रकोपको जोखिमयुक्त स्थान राज्यको प्राथमिकतामा पर्नुपर्ने प्रतिनीधि सभा सदस्य प्रदीप यादवले बताएका छन् ।
प्रतिनीधि सभाको आजको बैठकलाई सम्बोधन गर्ने क्रममा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका यादवले बाढी, पहिरो जस्ता प्रकोपको जोखिममा रहेका क्षेत्रमा सुरक्षाकर्मी तथा अन्य आवश्यक पूर्वतयारी गर्न माग गरेका छन् ।
बीरगन्जदेखि काठमाण्डौ जाँदै गरेको र काठमाण्डौबाट गौर आउँदै गरेको बस चितवनमा दुर्घटनामा परेको विषयमा दुःख व्यक्त गर्दै उनले यथाशिघ्र उद्धारका लागि परिचालन गर्नुपर्नेमा जोड दिए ।
उनले रात्रि बसको जोखिमलाई कम गर्नका लागि सरकारले केही काम नगरेको उनको आपत्ती छ । उनले देशका विभिन्न स्थानबाट छुट्न रात्रीकालिन बसको सुरक्षित यात्राको लागि आवश्यक काम गर्नुपर्ने माग गरे ।