विरगंज। बीरगन्ज महानगरपालिका का प्रमुख राजेशमान सिंह ले भारतको धार्मिक पर्यटकिय वाराणसी नगर निगमका मेयर अशोक कुमार तिवारी सित भेटवार्ता गर्नु भएको छ ।
शनिवार बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित पुगेको प्रतिनिधिमण्डल लाई वाराणसी नगर निगमको कार्यकक्ष मा (बनारस,भारत) मेयर अशोककुमार तिवारी ले स्वागत गर्दै सम्मान गर्नु भएको थियो ।
मेयर सिंह ले वराणसीका मेयरलाई रुद्राक्ष को माला खादा र टोपी लगाएर सम्मान गर्नु भएको थियो ।
भेटघाट मा बीरगन्जलाई धार्मिक पर्यटकिय शहर बनाउन समबन्धि छलफल भएको थियो । भारत उत्तर प्रदेशको वराणसी शहर र नेपालको बीरगन्ज महानगर पालिका बीच भगिनी सम्बन्ध विस्तार गर्न समेत छलफल भएको थियो ।
बीरगन्जबाट प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, महानगरपालिका का सदभावना दुत अशोक वैध, वडा अध्यक्षहरु रमेश यादव, प्रदीप चौरसिया, जगत साह कानु, प्रमुखका सल्लाहकारहरु लगायत सहभागी छन्।