वीरगंज । स्थानिय तहको शिक्षा क्षेत्रमा योजना निमार्ण सम्बन्धी कार्याशाला कार्यक्रम सम्पन्न पर्साको बिन्दवासिनी गाउँपालिमा सम्पन्न भएको छ । पिपल प्रमोट सेन्टर धनुषाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको अध्यक्षतामा भएको हो । कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश ओझा, शिक्षा शाखा प्रमुख कपिल लामिछाने, सामाजिक शाखा प्रमुख नरेश प्रसाद चौहान, मुमारी बिन्दु चौरसिया, कैलाश कुमारी, बिभिन्न बिध्यालयका प्र.अहरु तथा शिक्षा प्रेमीको सहभागीता रहेको थियो ।
सबै योजनाहरुमा संघिय सरकार माथि मात्र आश्रित रहदा गाउँपालिकाको शिक्षामा बिकास हुन नसक्ने भएकोले स्थानिय सरकारको मुख्य भुमिका रहेकोले योजना बनाउदा शिक्षामा बढि केन्द्रत हुन सहभागीहरुको जोड रहेको बताईएको छ ।
पिपल प्रमोट सेन्टरका पर्सा प्रतिनिधी मुनिलाल बैठाका अनुसार संघिय सरकारको दश बर्षिय योजनाका बिषयमा व्यापकरुपमा चर्चा भएको जानकारीदिनु भयो । स्थानिय तहमा करिब ९ वटा पालिकामा कार्यक्रम जारी रहेको बताउनु भयो । वहाले बिभिन्न कार्यदल बनाएर शिक्षाका बिभिन्न पक्षमा कामगर्ने पनि बताए । कार्यदलले एक प्रतिवेदन तयार गरेर स्थानिय सरकारलाई प्रदान गर्ने योजना रहेको पनि बैठाले जानकारी दिनु भयो ।