वीरगन्ज । वीरगन्जकाे नारायणी अस्पतालमा मेनेन्जाईटिस (दिमागी ज्वरो) ले एकजनाको मृत्यु भएको छ ।
पर्साको जिराभवानी गाउँपालिका वडा नं २ सेढवा निवासी धर्मराज राम चमारकी १५ बर्षीया छोरी प्रियंका कुमारी रामको मेनेन्जाईटिस रोगका कारण मृत्यु भएको नारायाणी अस्पतालका चिकित्सकले बताएका छन् ।
मृतक प्रियंका करिब करिब दुई सातादेखि बिरामी परेका उनका अभिभावकले जनाएका छन। प्रियंकाको स्थानीय स्वास्थ्य चौकी तथा क्लिनिकहरुमा स्वास्थ्य उपचार गराईएको थियो ।
तर स्वास्थ्य अवस्थामा सुधार नआएपछि उपचारका लागि बीरगन्ज स्थित नारायणी अस्पतालमा भर्ना गरिएका प्रियंकाका बाबु धर्मराज राम चमारले बताए। छोरीलाई भदौ ३ गते सोमवार भर्ना गरिएको र १० सोमवार दिउँसो ४ बजे छोरीको मृत्यु भएको चिकित्सकहरु जनाएको चमारका छिमेकी भुनेश्वर राम चमारले बताए।