वीरगंज । मधेश प्रदेश अन्तर्गत रहेका कलकारखानाहरु बन्द हुँदा गरिबी र बेरोजगारीको समस्या बढ्दै गएको छ ।
मधेश प्रदेशमा रहेको कृषि औजार , चुरोट कारखाना , चिनिमिल र कपडा उद्योगलगायतका कलकारखानाहरु बन्द हुँदा मधेश प्रदेश लगायत अन्य प्रदेशमा पनि गरिबी र बेरोजगारी बढ्दै गएको छ ।
जुन पनि दलको सरकार बनेपनि जनताको पक्षमा काम गर्ने मात्र प्रतिवद्धता रहृयो । तर काम कोइले पनि गरेनन् भने प्रदेश सभा सदस्य बिना देनी शर्माले बताइन्
सदस्य शर्माले बोल्दै २० वर्ष देखि उद्योग मन्त्री र कृषि मन्त्रीसंग पर्सा जिल्लामा रहेको चिनिमील कारखाना र कृषि औजार केन्द्रको अवलोकन गरेको छु तर उहाँहरुले त्यो कुरा मात्र अवलोकन र भ्रमणमा नै सीमित राख्नु भयो भने उनले बताइन् ।
केही दिन अगाडि त्रिशुली नदीमा बस दुर्घटना भएको थियो । सो घटना प्रति सरकारले चासो नलिएको र साथै त्यो दिन देशको आधा झण्डा पनि नझुकाइएको प्रति प्रदेश सभा सदस्य शर्माले दुःख व्यक्त गरिन् ।
यस्तै मधेश प्रदेशमा भईरहेको बाल श्रम , महिला बेचबिखन र कुनै पनि आपराधिक घटना प्रति प्रदेश सरकारलाई गम्भीर भएर सो आपराधिक घटनाहरूलाई न्यूनीकरण गर्न लाग्नु पर्ने कुरामा सरकारको ध्यााकर्षण गराउनु भयो ।