वीरगन्ज । वीरगन्जमापनि शनिबार २१ औं निजामती सेवा दिवस वृक्षारोपण तथा चियापान कार्यक्रम गरेर मनाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा वृक्षारोपण तथा चियापान कार्यक्रम गरेर निजामति सेवा दिवस मनाइएको हो ।
निजमति सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयको प्रांगणमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको नेपाल निजामति कर्मचारी युनियन मधेस प्रदेशका सचिव गौरीशंकर गुप्ताले जानकारी दिए । उनका अनुसार, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बिरूवा रोपेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका थिए।
प्रमुख जिल्ला अधिकारी भुसालकै अध्यक्षतामा भएको कार्यक्रममा ,सहायक प्रमुख जिल्ला अधिकारी उतम कुमार घिमिरे,निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष अशोक रौनियार,वीरगञ्ज भन्सार कार्यालयका प्रशासन प्रमुख विनयकुमार श्रीवास्तव,बाल सुधार गृह वीरगन्जका अमृत अधिकारी, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका सचिव राकेश अग्रवाल,सदस्य रतन टेमानी लगायतकोपनि सहभागीता थियाो ।