वीरगन्ज । पर्सा जिल्लाको पकाँहामैनपुर गाउँपालिका वडा नं - १ धोरेस्थित रहेको पोखरीमा डुबेर एक महिलाको ज्यान गएको छ ।
बिहीबार राति नै डुबेका उनको शव शुक्रबार बिहान फेला परेको हो । धोरे बस्ने सुरेन्द्र प्रसाद महतो अन्दाजी २० वर्षीय छोरी अन्जली महतोको पोखरीमा डुबेर मृत्यु भएको हो । उनको शव बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल बिरगन्ज पठाइएको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।
प्रहरीका अनुसार मृतक अन्जलीको बिहे भारतको गर्दौल गाउँमा भएको हो । तर उनी यतै बस्दै आएकि थिइन्