बीरगंज । पर्साको बिन्दबासिनी गाउपालिकाले बिहानै कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । पर्सा लगायत मधेश प्रदेशमा अचानक बढेको अत्याधिक गर्मीका कारण बिहानै कक्षा सञ्चालन गर्न निर्देशन दिएको शिक्षा शाखा प्रमुख कपिल लामिछानेले जानकारी दिएका छन् ।
केहीदिन दिनदेखि बढेको गर्मीले विद्यार्थीहरू मुरक्षित हुन् थाले पछि आज शिक्षा शाखा प्रमुख लामिछानेले एक सूचना जारी गर्दै दसैं अगाडिसम्म भोली देखी बिहानै कक्षा सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
साथै दुवै सत्रमा कक्षा सञ्चालन हुने विद्यालयहरुको हकमा विद्यालय प्रशासनले उपयुक्त निर्णय लिन सक्ने जानकारी गराइएको छ ।
साथै पर्साकै पोखरीया नगरपालिकाले पनि बिहान ६ बजेदेखि मौसम अनुसार कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।