वीरगन्ज । वीरगन्जको रानीघाट पुलबाट सरिसवा नदीमा हाम फालेपछि बाढीले बगाएर बेपत्ता बनाएकी बालिकाको शव फेला परेको छ ।
वीरगन्जको रानीघाटबाट रामगढवाजाने सडकको रानीघाट पुलबाट आइतबार बिहान सवा ९ बजे अन्दाजी १५/१६ वर्षकी बालिकाले नदीमा हाम फालेपछि उनलाई बाढीले बेपत्ता बनाएकोमा आज मगंलबार बिहान उनको शव फेला परेका छ ।
नदीको पानी कम भएपछि उनको शव रानीघाटस्थित रहेको होलील्यान्ड स्कुल नजिक नदीको किनारमा माटोले पुरिएको अवस्था स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले उक्त घटनाभए लगत्तै घटनास्थलमा डुंगासहितको टोली पुगेर खोजी कार्य गरिरहेको भएपनि सोमबार बिहान पनि ती बालिकाको अवस्था अज्ञात नै रहेको थियो ।
नदी हाम फालेकी बालिका बाराको प्रसौनी गाँउपालिका वडा नम्बर २ खुटुवा प्रसौनीकी राधिका कुमारी दास रहेको बताइए पनि उनको पहिचान पुष्टि गर्न नसकिने प्रहरीले बताएमा छन ।