रौतहट । रौतहटको कटहरिया बजारमा भारतीय फिल्मी शैलीमा ५ किलोमीटर टाढाको गाउँबाट दर्जन बढी मोटरसाईकलमा तीन तीनजना लाठी भाठा सहित आएर स्थानिय राकेश गिरी माथी सांघातिक आक्रमण गर्ने गिरोहलाई नेताहरुले बचाउने गरेको प्रयासमा असफल भएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा ५ जनालाई कारवाहीको दायरामा ल्याईएको छ। गत २७ गते आइतबार बिहान ९ बजे ३५ बर्षीय गिरी कटहरिया नगरपालिका भवन छेउको चिया पसलमा बसिरहेको रेकी गरेर वडा ८ पिप्रापोखरिया गाउँबाट झण्डै तीन दर्जनको संख्यामा आएका मानिसहरूले सांघातिक आक्रमण गरेका थिए । सामान्य कुराको निहु पारेर अन्य गाउँबाट एकैपटक त्यत्रो ठूलो संख्यामा मानिसहरू आएर ज्यानै जाने गरी आक्रमण गर्नु कटहरिया बजारको ईतिहाँसमा पहिलो घटना भएको स्थानीय व्यापारीहरूले बताएका छन्।
कटहरिया ८ का वडा अध्यक्ष समिश बिक्रम साहको योजनामा दर्जनौंको संख्यामा आएका आक्रमणकारीहरू एक्कासी गिरी माथि दुङ्गाको बर्सात गरेको पीडित परिवारले बताएका छन्। ढुङ्गा प्रहार बाट गिरीको टाउको फुटेपछि आक्रमणकारीहरुले सँगै ल्याएको बाँसको लाठी भाठा, दाउराले तल खुटा देखि टाउको सम्म झण्डै १० मिनेट प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। गिरीलाई मर्नेगरी अन्धाधुन्ध कुटपिट गरिरहेको क्रममा छुट्याउन गाएकी चिया पसलकी साउनीलाई समेत उनीहरूले मरासन्न र्नासन हुनेगरी कुटपिट गरेका थिए। यसरी आक्रमणकारीको अन्यायपूर्ण ब्यवहार हेरेर कटहरियाका युवाहरुको समुहले होहल्ला गरेपछि उनीहरु त्यहाँबाट भागेका थिए।
सांघातिक आक्रमण बाट गिरीको टाउको लगायत शरीरको प्रायः सम्पूर्ण ठाउँमा गहिरो चोटपटक लागेर बिरगंज स्थित एउटा निजी अस्पतालमा उपचार पछी हिजो साँझ घर आएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई शिवशंकर शर्माले बताएका छन्। त्यसैगरी चिया पसल साउनी ६० बर्षिया प्रेमज्योति साहको शरीरको धेरै ठाउँमा गहिरो चोटपटक लागेको र उपचार पछि उनी पनि घर फर्किसकेका सई शर्माले जानकारी दिएका छन्।