बारा । बारामा मृत अवस्थामा एक युवककाे शव फेला परेको छ । बाराको प्रसौनी गाउँपालिका वडा नं. १ स्थित त्रिवेणी नहरमा अन्दाजी २६ बर्षिय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृतक युवाको सनाखत भएको र उनी पर्साको वीरगंज महानगरपालिका वडा नं. ३ छपकैया निवासी बिरेन्द्र साह रहेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
मृतक युवक असोज २७ गतेबाट साथीहरुसँग घरबाट निस्केका थिए । तीन दिनदेखि मृतक साह घरपरिवारको सम्पर्क थिएन् ।
बिहिवार विहान १० बजे युवकको शव नहरमा भेटिएको डिएसपी साफकोटाले बताए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।