वीरगन्ज । कानुन , न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले फेरि संविधान संशोधन गर्न सतारुढ दल लगायत विभिन्न पार्टीका शीर्ष नेताहरु छलफल जारी रहेको बताउनु भएको छ ।
नेपाल मुस्लिम संघ पर्साले आयोजना गरेको एक दिने अगुवा कार्यकर्ता तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कानुन मन्त्री चौरसियाले २०७२ सालमा जारी भएको संविधान नेपाली कांग्रेसकै नेतृत्वमा गठन भएको सरकारले संविधान संसोधन गरी महिला र मुस्लिम समुदायको आरक्षणको व्यवस्था गरेको जानकारी गराउँदै अहिले पनि संविधान संशोधनको लागि सतारुढ दलबीच छलफल जारी रहेको बताउनु भयो ।
संविधान संशोधनका गरी सबै समुदायको अधिकार बराबर हुने उहाँले बताउनुभयो । नेपाल मुस्लिम संघ पर्साका अध्यक्ष हबीब मियाँको अध्यक्षतामा भएको कार्यक्रममा कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री , वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलम लगायतको सहभागिता रहेको थियो।