रौतहट । रौतहटमा करेन्ट लागेर बुधबार एक महिलाको मृत्यु भएको छ । जिल्लाको गढिमाई नगरपालिका -७ धनाडी गाउँमा लागेको माहाबिरी झण्डा मेलामा कस्मेटिक पसल गरी बसेको माधवनारायण नगरपालिका -९ बस्ने विजय सहनीको श्रीमती २४ वर्षीया रिङ्कुदेवी सहनी करेन्ट लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए ।
डीएसपी रायका अनुसार मेला सकिएपछि पसलको सामान ठेलामा लोड गर्नको लागि नजिकै खेतमा राखेको आफ्नै ठेला ल्याउने क्रममा मेलामा जडान गरी ल्याएको विद्युत्को तारबाट करेन्ट लागी सहनी घाइते भएकी थिइन् ।
सहनीलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल मल्टी स्पेस्लिटि अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सहनीको शव पोस्टमार्टम गरी थप अनुसन्धान भइरहेको डीएसपी रायले बताए ।