जनकपुरधाम । सर्लाहीमा भारतीय नागरिकको हत्या गरेको आराेपमा डेढ वर्षपछि एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको सितामढी जिल्लाका २६ वर्षीय धर्मेन्द्र राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक कुमार श्रेष्ठका अनुसार रायले गत वर्ष वैशाख २६ मा हरिपुर्वा नगरपालिका–१ मा भारतीय नागरिक २६ वर्षीय शेखर सुमन भन्ने सिकु कुमारलाई धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्या गरेर फरार रहेका थिए।
सर्लाही प्रहरीले सो घटनामा २०८० जेठ ११ गते रायलाई पक्राउ गरी अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतबाट पक्राउ अनुमति लिएकाे थियाे।
रायलाई मलंगवा नगरपालिका ८ स्थित नेपाल भारत सीमानजिक गोरखकाली सडक खण्डबाट नियन्त्रणमा लिएको श्रेष्ठले बताए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएकाे छ।