बारा । बाराको महागढीमाई नगरपालिकामा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या भएको छ। महागढीमाई नगरपालिका–१, सेमरा तेगछीयाका ५० वर्षीय श्रीनारायण प्रसाद यादवको शनिबार राति हत्या भएको हो।
प्रहरीका अनुसार राति ८ बजेतिर अज्ञात समूहले यादवलाई धारिलो हतियारले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल, कलैया पुर्याइएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन्।
घटनासँग सम्बन्धित तीन जनालाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको डिएसपी सापकोटाले बताए। अनुसन्धानका क्रममा रहेका कारण पक्राउ परेकाहरूको पहिचान हाल सार्वजनिक गरिएको छैन।