वीरगञ्ज । पर्सामा एक किशोरीको शब फेला परेको छ । बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीस्थित पोखरीमा घोप्टो परेको अवस्थामा किशोरीको शब फेला परेको हो ।
स्थानीय रामबाबु सहनीकी १७ वर्षीया छोरी निजिमा कुमारी सहनीको शब फेला परेको जिल्ला प्रहरी कार्र्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
शनिबार बिहान पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको प्रकृति मुचुल्का तयार पारी प्रहरीले शवलाई पोष्टमार्टमका लागी वीरगञ्जको नारायणी अस्पतालमा पठाएको छ ।