राैतहट । राैतहट जिल्लाको विभिन्न स्थानमा बेवारिसे अवस्थामा प्रहरीले २५ वटा मोटरसाइकल फेला पारेको छ । ति सवारीसाधनलाई कारबाहीको लागी प्रहरीले शनिबार गौर भन्सार कार्यालयमा बुझाएको छ ।
रौतहट प्रहरीको चार्डपर्व लक्षित विशेष सुरक्षा योजना अनुरुप जिल्ला प्रहरी र मातहत समेतबाट विभिन्न स्थानमा खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा कागजपत्र नभएको र बेवारीसे अवस्थामा फेला परेको २५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरीका डीएसपी दिपककुमार रायले बताए । प्रहरीले बरामद गरेको सवारी धनीबारे अनुसन्धान सुरु गरेको छ ।
२२ लाख मूल्य पर्ने सवारीहरु आवश्यक कारबाहीको लागी गौर भन्सार कार्यालय बुझाइएको डीएसपी रायले बताए । प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकलको ब्लुबुक भने छैन् । ‘कागजपत्र नै नभए पछि नियन्त्रणमा लिएर भन्सार बुझाएका हौ, डीएसपी रायले भने, ‘सम्भवत: ति सबै सवारीहरु चोरीका हुन् । यसबारे थप अनुसन्धान भइरहेको छ ।’
मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी गौर भन्सार कार्यालय बुझाएको डीएसपी रायले बताए ।