वीरगञ्ज । मापदण्ड भन्दा बढी भाडा लिने दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बसपार्क स्थित सार्बजनिक बस, हाईस तथा सुमोमा सर्वसाधारण यात्रुसँग मापदण्ड विपरीत भाडा लिने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
मनोपोली रुपमा बढी भाडा लिइरहेको गुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।
उनकाअनुसार लामो दुरीका सार्वजनिक सवारी साधन छुट्ने काउन्टरबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ बस्ने ६५ वर्षीय अशोक गुप्ता र वीरगञ्ज १६ निवासी ४० वर्षीय विजय साहलाई पक्राउ गरिएको हो ।
उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।