अभिलाष गुप्ता/बिरगंज । उपभोक्ता हित संरक्षण मञ्च नेपालको २९ औं केन्द्रिय बार्षिक साधारण सभाको पहिलो दिन खुल्लासत्र बिरगंजको होटेल भिस्वामा सम्पन्न भएको छ। व्यवसायमा मानवअधिकार र उपभोक्ता सरोकार मुल नारा सहित पर्साको वीरगन्ज स्थित भिस्वा होटलमा शुक्रबार उपभोक्ता संरक्षण मञ्च नेपालले केन्द्रीय वार्षिक साधारण सभा सम्पन गरेको हो।
कार्यक्रममा देशभर हुने ठगी धन्दा, स्वास्थ्य संग खेलवाड गर्ने धन्दा, गुणस्तरहीन खाद्य सामग्री वितरण र सरकारको अप्रभावकारी अनुगमनको बारेमा चर्चा गरिएकाे थियाे।कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगन्जमा हुने गुणस्तरहीन कार्य, ठगी धन्दा र स्वास्थ्य समस्याको बारेमा आफु सजग रहेको बताए । जिल्लाको कुनैपनि स्थानमा गुणस्तरहीन खाद्य सामग्री वितरण नहोस्, उपभोक्ता ठगीमा नपरुन् भन्ने योजना बनाइएको उनले बताए ।पछिल्ला दिनहरुमा व्यवसायिहरुले मिठाई, खानेकुरा, फलफूल तथा स्वास्थ्य क्षेत्रमा गरेको ठगी र गुणस्तरहीन कामको आलोचना गर्दै अब कसरी आगाडी बड्ने बिषयमा छलफल गरिएको थियोे।
सो कार्यक्रममा विभिन्न जिल्लाका उपभोक्ता संरक्षण मञ्चका पदाधिकारीहरु एवम् पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।