वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का १७ वर्षीय संदीप सहनी चार दिनदेखि बेपत्ता भएका छन्। परिवारका अनुसार संदीप यही कात्तिक २६ गते हेटौंडा अजरअमर रोडबाट राति बेपत्ता भएका हुन्।
बेपत्ता संदीप सत्रोहण सहनीका छोरा हुन्। परिवारले उनका कुनै पनि खबर अहिलेसम्म प्राप्त नगरेको र सम्पर्कविहीन रहेको जानकारी दिएका छन्।
परिवारजनले संदीपलाई देख्नेलाई नजिकको प्रहरी चौकीमा खबर गर्न वा ९८१७२८२४०५ नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन्।
संदीपको खोजीमा सहयोग पुर्याउन सबैलाई अनुरोध गरिएको छ।