वीरगन्ज । वीरगन्जको ओम आश्रम नजिकै बुधवार राति कार दुर्घटना भएको छ । बागमती प्रदेश ०१ च ८६२३ नम्बरको कार नेशनल ट्रेडिङबाट भित्र प्रवेश गरी ओम आश्रम नजिकैको घुम्तीमा बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा कारमा सवार एक जना घाइते भएका छन् भने कारका चालक फरार रहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ । प्रहरीका अनुसार फरार चालकको खोजी कार्य भइरहेको छ ।
रातिको समयमा दुर्घटनाको ठूलो आवाज सुनेर स्थानी घटनास्थलमा पुगेका थिए । घाइते व्यक्तिलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण र चालकको पहिचानबारे अनुसन्धान भइरहेको छ ।