रौतहट , असार ११


अबैध रुपमा उत्पादन गरी बिक्री वितरण गर्न लैजादै गरेको अवस्थामा घरेलु मदिरा बरामद गरिएको छ।ना १ च ७३५३ नक्बरको सेतो मारुती गाडीको पछाडीको डिक्कीमा लुकाई छिपाई ल्याएका अबैध खरेलु मदिरा बरामद भएको छ ।रौतहट जिल्लाको गरुडा नगरपालिकाको वडा नं. ५ स्थित ईलाका प्रहरी कार्यालय शिवनगरको कार्यालय अगाडी रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वार्ड नं. ६ का हरिशंकर कापडीले चलाई आएको ना १ च ७३५३ नक्बरको सेतो मारुती गाडीको पछाडीको डिक्कीमा तयारी अबैध घरेलु मदिरा ४ वटा ग्यालेनमा ६० लिटर राखि गौर तर्फ लैजाने क्रममा बरामद गरेको ईलाका प्रहरी कार्यलय गरुडाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक द्धारिका प्रसाद घिमिरे बताएका छन ।चन्द्रपुरबाट गौर तर्फ जानको लागी चलाई ल्याएको गाडी रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको वडा नं. ६ बस्ने रउदी कापडीको छोरा हरिशंकर कापडी र सोहि सेतो मारुति गाडीमा सवार भारत बिहार मोतिहारी जिल्ला ग्राम पंचायत औरैया वडा नं. ८ का महमद सहिद रायको छोरा नजरुल खानलाई नियन्त्रणमा लिई गाडी सहित दुबै जनालाई आवश्यक कारवाहीको लागी करदाता सेवा कार्यालय चन्द्रनिगाहपुर रौतहटमा बुझाईएको ईलाका प्रहरी कार्यलय गरुडाले बताएका छन ।