

पर्सा , असार ११
मधेश आन्दोलन र शहीदको बलिदानको सपना बेचेर निर्वाचित भएका पर्साका पकाहा मैनपुर गाउँपालिकाको जनप्रतिनिधिहरुको लापरवाही बढदै गए पछि गाउँपालिकाबासी आक्रोसित भएका छन्। गाउँपालिका भरीका गाउँ लाई नै डिजिटल बनाई गाउँपालिकालाई नै डिजिटल बनाउने उदघोष गरेका गाउँपालिका अध्यक्ष विजय कुमार चौरसियाले इन्टरनेट सेवा विस्तारका लागि आफनै भान्जा भान्जीको नाममा कहीं नभएको संस्था दर्ता गरी वडाको कार्यालयहरुमा मात्र इन्टरनेट सेवा विस्तार गरी लाखौको अनियमिता गरेको जसपाका संघिय परिषद् सदस्य तथा गाउँपालिकाबासी शिवजी प्रसाद सोनीले बताएका छन।भाइनेट , नेपाल टेलिकम, वल्र्डलिंक , सुबिसु लगायतका प्रसिद इन्टरनेट सेवा सँग कमिसनमा कुरा नमिले पछि छुट्टै संस्था दर्ता गरी गाउँपालिका लाई नै डिजिटल बनाउने नाममा वडा कार्यालयमा मात्र सेवा सुचारु गरी बिजुली बत्तीको नाममा लाखौं रकम हिनामिना गरेको नेता सोनीले बताएँ ।गाउँपालिकामा सडक विस्तारको नाममा करोडौ रकम हिनामिना भएको नेपाल विद्यार्थी संघका जिल्ला सचिव राकेश कुशवाहाले बताएँ। गाउँपालिकाको वडा नम्बर २ मानिकपुरमा ग्रेवल सडक निर्माण, सुर्जाहा ,पकहामा सडक निर्माण मैनपुरमा ढलान सडक निर्माणमा आफ्नो आसेपासेलाई उपभोक्ता समिति बनाई र आसेपासे ठेकेदारलाई ठेका दिई विकाशको नाममा लुट मच्चाईएको नेता कुशवाहाले बताएँ । त्यस्तै गाउँपालिका अध्यक्ष चौरसियाले संघिय सरकारबाट प्राप्त सीमा सडकको निर्माण सडक र प्रदेश सरकारको संस्क्त अनुदानबाट मधुबनीमा निर्माण भएको विद्यालय आफैले निर्माण गरेको भ्रम फैलाएको स्थानिय बासिन्दाले आरोप लगाएका छन।
शहीद शत्रुधन पटेलको नाम बेचेर निर्वाचित चौरासियाले प्रदेश सरकारले शहीद शत्रुधन पटेल पार्क बनाउन तथा पकहामैनपुर गाउँपालिकाको वडा नम्बर २ मधुबनीमा रहेको पोखरी सौन्दर्यकरणका लागि पठाइएको ५० लाख रुपैयाँ कमिसन नपाउने भएपछि रकम फ्रिज गराएको आरोप समेत नेता सोनीले लगाएका हुन्।पकहा मैनपुर गाउँपालिकाको हालै सम्पन्न सातौ गाउँ परिषदमा विकास बजेटलाई कमिसनको आधारमा बाँडिएको छ। प्रत्येक वडा सदस्य हरुलाई ४ /४ लाख , वडा अध्यक्षहरुलाई ५५/५५ लाख र गाउँपालिका अध्यक्ष आफूलाई १ करोड ५० लाख छुट्याएर कमिसनको आधारमा विकास निर्माण गर्ने बाटो खोलेर अध्यक्ष चौरसियाले कहीं नभएको कुरा देखाएका छन्।गाउँपालिकाका जनप्रतिनिधीहरु निर्वाचित हुनु भन्दा अगाडि ८० देखि ८५ लाख रुपैयाँ सम्म रकम मौजूदा रहेको र ४ वर्ष देखि गाउँपालिकाले चलाएको रकमको पर्दार्सिक रुपमा विवरण सार्वजनिक नगरेको विषयमा अदालत सम्म मुदा पुगेको र हालै अख्तियारले सो सम्बन्धमा छानविनका लागि गाउँपालिकाको फाइलहरु लिएर गएको नेता सोनीले बताएँ।