पर्सा , असार १२
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणको आयोजनमा १ हप्ते विपद व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।तराईमा वर्षायामको समयमा हुने डुबानलाई मध्यनजर गर्दै विपद्बाट बच्न गर्नुपर्ने उद्धारको बारेमा प्रशिक्षण दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काको सभापतित्वमा सम्पन्न समापन समारोहलाई सम्बोधन गर्द वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले वीरगञ्जमा हुने डुबानबाट जोगिन प्रशिक्षण उपयोगी हुने विश्वास व्यक्त गरे ।


वर्षामा डुबानमा परेकाहरुको उद्धार कसरी गर्ने भन्ने विषयमा विपद व्यवस्थापन गुल्मलाई प्रशिक्षण दिएजस्तै अब आम नागरिकलाई पनि सिपमकुलक प्रशिक्षण दिनुपर्नेमा नगरप्रमुख सरावगीले जोड दिए ।त्यसैगरी जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले विपद् बाजा बजाएर नआउने हुँदा पूर्व तयारीका लागि जिल्ला प्रशासन कार्यालय पनि तयार रहेको बताए ।
विगतका वर्षहरुमो हुन् धनजनको क्षतिलाई न्युनीकरण गर्नेतर्फ स्थानीय प्रशासन पनि सचेत रहेको घिमिरेको भनाई छ ।प्रशिक्षणको क्रममा गणकै परिसरमा रहेको पोखरिमा व्यावहारीक रुपमै अभ्यास गरेर देखाइएको थियो ।त्यसै गरि जिल्ला बिपद व्यवस्थापन समितिका अध्यक्ष एवं पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे , सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल , खगेन्द्र बहादुर मल्ल , नेपाली सेना श्री चन्डी प्रसाद गणका गणपति मदन जंग राणा, राष्ट्रिय अनुसन्धान पर्साका प्रमुख टीका पोखरेल , धोबिनी गा. पा. का कार्यकारी अधिकृत , सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल कुमार थापा, सशस्त्र प्रहरी निरीक्षक , सिमा सुरक्षा बलका प्रमुख प्रहरी निरीक्षकहरु , सन्चारकर्मी लगायतकाको उपस्थिति रहेको थियो ।