पर्सा , असार १२
पर्सा जिल्लाको जिरभवानी गाउँपालिकामा आज बिहान पानी संगै परेको च्टयाङमा परि एकजना वृद्धको मृत्यु भएको छ ।जिराभवानी गाउँपालिका वार्ड नम्बर ३ घर भएका ६५ बर्षीय राजेशवर साह तेलिको मृत्यु भएको छ।
आज बिहान आफ्नो खेतमा काम गर्न गएको बेला च्टयाङ लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ। मृतक शवको मुचुल्का उठाइ पोस्टमार्टमको लागि बिरगंजको नारायणी क्षेत्रीय अस्पतालमा पठाउने तैयारी भैरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनुभयो