पर्सा , असार १२
वीरगञ्जका वरिष्ठ यूरोलोजिस्ट अर्थात मृगौला रोग विशेषज्ञ डा. विद्यानन्द चौरसियाले मृगौला प्रत्यारोपणको अनुमति पाएका छन् ।डा. चौरसियालाई स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले मृगौला प्रत्यारोपणको अनुमति दिएको हो । अनुमति पाए सँगै डा. चौरसिया मृगौला प्रत्यारोपण गर्ने प्रदेश नम्बर २ कै पहिलो व्यक्ति बनेका छन् । यसअघि प्रदेश नम्बर २ मा कुनै पनि चिकित्सकले मृगौला प्रत्यारोपणको अनुमति पाएका छैनन् ।उनले अनुमति पाए पनि वीरगञ्जमा आवश्यक उपकरणको भने अभाव रहेको छ। आवश्यक उपकरण प्राप्त गरे सँगै मृगौला प्रत्यारोपणका लागि काठमाडौँ, भारत लगायतका अन्य स्थानमा जाने झनझटबाट विरामीले मुक्ति पाउने भएका छन् ।