

वीरगञ्ज, असार १३
नेकपा माओवादी केन्द्रका नेता रामबाबु बैठाले जिल्ला कार्यसमितिले आफुलाई कार्यवाहीको सिफारिस गर्नु हास्यास्पद भएको बताएका छन । बिजय महतोको नाममा शनिवार जिल्ला कमिटीको जारी भएको विज्ञप्ती नै असबैधानिक रहेको बैठाले बताएका हुन । बिजय महतो जिल्लाको आधिकारीक अध्यक्ष समेत नरहेको बताउदै बैठाले भनेर्, आफु भन्दा माथिलो कमिटीका नेतालाई कार्यवाही सिफारिस गर्ने कार्य अबैधानिक र आफु विरुद्धको सुनयोजित सडयंत्र हो ।’ बैठाले आफु प्रदेश कमिटीको सदस्य भएको र महतो आफुलाई जिल्ला कमिटी अध्यक्ष बताउदै कार्यवाही सिफरिस गर्न नमिल्ने बताए । एक वर्ष अगाडी पार्टी भित्रकै केहि व्यक्तिहरुले साजिस गरि आफुलाई मुद्दामा फसाएको र उक्त मुद्दाबाट अदालतले सफाई समेत दिइसकेको अवस्थामा अहिले आएर त्यस घटनालाई अधार बनाउनु पछाडी गलत नियत हावी भएको उनले बताए ।
नेकपा माओबादी केन्द्र र एमाले एकिकरण हुदा बनेको नेकपामा महतो जिल्ला कमिटी सचिव थिए भने बैठा प्रदेश २ कमिटीको सदस्य थिए । आफु दलित समुदायबाट राजनितीमा अगाडी बढेपछि जिल्लामा भर्खरै नेता भएका केहि व्यक्तिहरुको उस्काहटमा विजय महतोले पार्टीको लेटर पैड दुरुपयोग गर्दै अबैधानिक कार्यमा लागेको बैठाको आरोप छ ।
पार्टी भित्रका केहि नेताहरुले पदाधिकारी तथा प्रदेश कमिटीमा ठांउ नपाएको कारणपनि उनीहरु आफुलाई बदनाम गर्न जुटेको बैठाको दाबी छ । पार्टीका वरिष्ठ नेताहरु नारायण काजी श्रेष्ठ, विश्वनाथ साह, गिरिराजमणि पोख्रेल संग आफ्नो नाम जोडी विज्ञप्तीमा आफुलाई अध्यक्ष घोषणा गर्दै जथाभावी लेख्ने व्यक्ति कम्युनिष्ठ सिद्धान्तको हुनै नसकनेपनि बैठाले प्रष्ट गरे । कार्यवाहीको सिफारिस गर्नु हास्यास्पद
सबै सडयंत्रलाई पक्षारिन्छ ः बैठा
वीरगञ्ज, १२ असार ।
नेकपा माओवादी केन्द्रका नेता रामबाबु बैठाले जिल्ला कार्यसमितिले आफुलाई कार्यवाहीको सिफारिस गर्नु हास्यास्पद भएको बताएका छन । बिजय महतोको नाममा शनिवार जिल्ला कमिटीको जारी भएको विज्ञप्ती नै अबैधानिक रहेको बैठाले बताएका हुन । बिजय महतो जिल्लाको आधिकारीक अध्यक्ष समेत नरहेको बताउदै बैठाले भनेर्, आफु भन्दा माथिलो कमिटीका नेतालाई कार्यवाही सिफारिस गर्ने कार्य अबैधानिक र आफु विरुद्धको सुनयोजित सडयंत्र हो ।’ बैठाले आफु प्रदेश कमिटीको सदस्य भएको र महतो आफुलाई जिल्ला कमिटी अध्यक्ष बताउदै कार्यवाही सिफरिस गर्न नमिल्ने बताए । एक वर्ष अगाडी पार्टी भित्रकै केहि व्यक्तिहरुले साजिस गरि आफुलाई मुद्दामा फसाएको र उक्त मुद्दाबाट अदालतले सफाई समेत दिइसकेको अवस्थामा अहिले आएर त्यस घटनालाई अधार बनाउनु पछाडी गलत नियत हावी भएको उनले बताए ।
नेकपा माओबादी केन्द्र र एमाले एकिकरण हुदा बनेको नेकपामा महतो जिल्ला कमिटी सचिव थिए भने बैठा प्रदेश २ कमिटीको सदस्य थिए । आफु दलित समुदायबाट राजनितीमा अगाडी बढेपछि जिल्लामा भर्खरै नेता भएका केहि व्यक्तिहरुको उस्काहटमा विजय महतोले पार्टीको लेटर पैड दुरुपयोग गर्दै अबैधानिक कार्यमा लागेको बैठाको आरोप छ ।
पार्टी भित्रका केहि नेताहरुले पदाधिकारी तथा प्रदेश कमिटीमा ठांउ नपाएको कारणपनि उनीहरु आफुलाई बदनाम गर्न जुटेको बैठाको दाबी छ । पार्टीका वरिष्ठ नेताहरु नारायण काजी श्रेष्ठ, विश्वनाथ साह, गिरिराजमणि पोख्रेल संग आफ्नो नाम जोडी विज्ञप्तीमा आफुलाई अध्यक्ष घोषणा गर्दै जथाभावी लेख्ने व्यक्ति कम्युनिष्ठ सिद्धान्तको हुनै नसकनेपनि बैठाले प्रष्ट गरे ।