

पर्सा , असार १४
पर्सागढी नगरपालिकाका जनप्रतिनिधिले सोमवार बीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरि नगरपालिका भित्र करोडौको अनियमितता भएको सार्वजनीक गरेका छन ।उनीहरुले नगरपालिका अनियमितताको अखडा भयो तर छानविन गरेर कारवाही गर्ने कोही नभएको भन्दै दिग्दारी प्रस्तुत गरेका थिए । पर्सागढी नगरपालिकाकी उपप्रमुख अर्चना चौधरीले सोमवार वीरगंजमा पत्रकार सम्मेलन गरी पाँचौं नगरसभा गैरकानूनी तरीकाबाट भएकोले खारेजीको माग गरेकी छन् ।नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान अनुसार नगरपालिकाको नीति तथा कार्यक्रम उपप्रमुखले प्रस्तुत गर्नुपर्नेमा असार १० गते पर्सागढी नपाको पाँचौं नगरसभामा आफू उपस्थित हुँदाहुँदै पनि नगरप्रमुख लोकनारायण यादव र प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवको मिलिभगतमा नगरसभा सदस्य नरहेका व्यक्तिबाट प्रस्तुत गराइएको बताइन् ।उपप्रमुख चौधरीले नगरसभा निर्धारित समयभन्दा तीन घण्टा ढिलो सञ्चालन भएको तर नगरसभामा प्रस्तुत गर्नुअघि नगर कार्यपालिकाको बैठकबाट नीति तथा कार्यक्रम, बजेटलगायत ऐन, नियम, निर्देशिका पारित गराउनुपर्नेमा सो पनि नगराइएको आरोप लगाइन्। उनले पर्सागढी नपाको पाँचौं नगरसभा गैरकानूनी तवरबाट आयोजना भएकोले आफूले खारेजीको माग गरेको बताइन् ।असार १० गते नै पसागढी नगरपालिकाको नगरसभाले नीति कार्यक्रम र सबै बिधयक पारित गरिसकेको छ ।
पर्सागढी नगरपालिकामा हरेक नगरसभामा लफडा हुने गरेको छ । चौथो नगरसभामा सभाका सदस्यलेनै कुर्सी फालाफाल गरेका थिए । यस पटक पनि नगरसभाका सदस्यहरुले बिरोधको मोर्चा कसेका छन ।वडा सदस्ष्यहरुलाई र उपप्रमुखलाई अपमान गर्ने अपशब्द प्रयोग गर्ने काम हुदै आएको उनीहरुले आरोप लगाए । अहिले सार्वजनीक गरिएको नीति तथा कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष बाहेक सबैले हस्ताक्षर गरेका छन । वडा नं १ का वडाध्यक्ष र ८ वडाध्यक्ष मेयरका दाया र बाया शक्ति भएको र उनीहरुकै अनुसार मेयर अलोकतान्त्रिक बाटोमा हिडेको नगरसभा सदस्यहरुले बताए । नगरसभा सदस्यहरुले आफूहरुसंग २९ जना रहेको अर्को नगर सभा आफूहरुको माँग रहेको रेग्मीले बताउनु भयो । पारदर्शीता कायम गर्न मेयरलाई आफूहरुले चुनौती दिएको रेग्मीले बताउनु भयो ।