पर्सा , असार १६
नेपाल शिक्षक महासंघ विन्दवासिनी गाउँपालिका कमिटीले कोभिड १९ का कारण नेपाल अधिराज्य भरी ज्यान गुमाएका शिक्षक एवम शिक्षिका प्रति चिरशान्तिको कामना गर्दै मैनबत्ती प्रज्वलन गरेको छ ।नेपाल शिक्षक महासंघ केन्द्रिय कार्यसमितिको निर्णय अनुसार असर १५ गते देश भरिको पालिकाको कार्यालय अगाडी ५ वटा मैनबत्ती प्रज्वलन गर्ने गरेको निर्णय अनुसार मंगलबार दिउसो दूई बजे मैनबत्ती प्रज्वलन गरिएको महासंघका सह-अध्यक्ष मुक्लेश गद्दीले बताउनु भयो ।मैनबत्ती प्रज्वलन कार्यक्रममा शिक्षक महासंघ विन्दवासिनीका अध्यक्ष धर्मेन्द्र कुमार चौबे ,सदस्य नन्दु कुमार यादव ,कपिलदेव यादव मुकेश कुमार साह रामचन्द्र महतो लगायत महासंघ पदाधिकारीहरुको सहभागिता रहेको थियो ।