

पर्सा , असार १५
पर्सा जिल्लाको छिपहरमाई गाऊँपालिकाले बिकाशमा तिब्रता लिएको छ ।देशको प्रथम र नौलो योजना छिपहरमाइ गाऊँपालिकाले गाऊँपालिका बासीहरुलाई दिएको छ।गाऊँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले लोकप्रिय बजेट ल्याएर बिकासप्रेमी बनेका छन। गाऊँपालिकाले आर्थिक बर्ष २०७८/७९ का लागी बजेट प्रस्तुत गरे दिन देखी नै गाऊँबासीहरुमा चर्चा परीचर्चा हुन लागेको छ। गाऊँपालिकाले दलित,गरीब तथा बिपन परिवारका छोरीहरुको बिहेका लागी कन्यादान रासी योजना लागू गरेको छ।गरिब, दलित ,असहाय परिवारको छोरीहरुको बिहेमा गाउँपालिकाले कन्यादानको रूपमा अतिथि सत्कारको लागि २१००० देखि ५१००० रुपैयासम्मको राशी उपलब्ध गराउने गापा अध्यक्ष गुप्ताले बताए। गाउँसभा बाट ०७८/०७९ को बजेटमा गाउँपालिका अध्यक्ष गुप्ताले नयाँ नौलो योजना गापामा लागू गरेका छन ।गरिब , दलित ,र बिपन परिवारका छोरीहरुको बिबाहमा कन्यादान अनुदान योजना राशी दिने अध्यक्ष गुप्ताले बताए।गरिब,दलित बिपन परिवारका छोरीहरुको बिहेमा कन्यादान राशीबाट सो परिवार लाई ठूलो सहयोग पुगने गापा अध्यक्ष गुप्ताले बताए। साथै गाउँपालिकामा जन्म लिने बालिकाहरुलाई दुई लाखको बालिका स्वर्ण बिमा कार्यक्रम संचालनमा रहेकोले बिमा कार्यक्रम लाई निरन्तरता दीइएको गापा अध्यक्ष गुप्ताले बताए।जन्मेको ३५ दिन भित्र जन्मदर्ता बनाई गाउँपालिकामा पेस गरेपछी गाउँपालिकाले सो बालिका २० हजार बराबरको एकमुस्ट रकम बैंकमा बुझाए पछी २० वर्षमा बालिकाको शिक्षा र बिबाहको लागी दुई लाख आऊने यो रकमबाट ठुलो सहयोग पुगने गापा अध्यक्ष गुप्ताले बताए। छिपहरमाई गाऊँपालिका स्वास्थ्य क्षेत्रमा जिल्लामा प्रथम स्थान लिएको छ। गाऊँपालिकाको ४ वटा वार्डमा बर्थिंग सेण्टर भवन निर्माण सकीदै छ।गाऊँपालिकाले अक्सिजन सहित २४ घण्टाका लागी २ वटा एम्बुलेंस संचालन गरेको छ।एमबीबिएस डाक्टर र ल्याबको सुबिधा सहित गाऊँपालिकाको ५ वटा वार्डमा अस्पताल छिटै संचालन हुने अध्यक्ष गुप्ताले बताए। साथै आर्थिक बर्ष २०७८/७९ को बजेटमा शिक्षा स्वास्थ्यमा बिशेष प्राथमिकता दिदै साना किसान कार्ड बितरन गर्ने , धुवाँमुक्त ग्यास चुल्लो र सिलिण्डर बितरन गर्ने र बिधार्थीहरुको लागी निशुल्क कोचिंगको ब्यवस्था गर्ने जस्ता बजेट ल्यायी लोकप्रिय र बिकासप्रेमी बनेका स्थानीयहरुले बताएका छन।