पर्सा, असार १७
वीरगन्ज महानगरपालिका वडा नम्बर ८ कार्यलयको आयोजनामा वडा भित्रका बिदुर पुरुष (एकल पुरुष)लाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।वडा अध्यक्ष राजकिशोर गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख बिजय सरावगीले यस्तो कार्यक्रम नगर भित्र पहिलो पटक भएकोले अगामी दिनमा अन्य वडा तथा नगरबाट निरन्तरता दिने बताए ।सो अवसरमा वडाका १८ जना बिदुरलाई आर्थिक राशी फुल माला सम्मान पत्र सहित सम्मान गरिएको हो । बिदुर पुरुष मदन प्रसाद गुप्ताले यस कार्यक्रममा सम्मानित हुन पाउँदा आज एक नौलो अनुभुती भएको मन्तब्य मार्फत प्रंशसा ब्यक्त गर्नुभयो ।कार्यक्रममा वीरगन्ज पब्लिक क्लेजका निर्देशक प्रा.डाक्टर दिपक शाक्य, एमाले नेता प्रभु हजरा ,राज कुमार गुप्ता लगायत बिधुर पुरुषहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम सहजीकरण बंशीधर गुप्ताले गरेका थिए ।