पर्सा , असार १७
पर्सा जिल्लाको पोखरिया नगरपालिकामा खोलामा डुबेर एक बालक बेपत्ता भएका छन् ।पोखरीया नगरपालिकाको वडा नम्बर ९, शिववर्वा बस्ने राजेन्द्र महतो तात्वाका अ.१३ वर्षीय छोरा राजु महतो तात्वा बेपत्ता भएका हुन् ।पोखरीया नगरपालिका वडा नम्बर ७ रानीगञ्ज र रहरीया गाउँको बीचमा बग्ने धुताहा खोलाले उनलाई मंगलबार दिउसो बगाएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले बताए। गाउँका एक जनाको शव सद्गतका लागि मलामी गएका उनी नुहाउने क्रममा २:४५ बजे बेपत्ता भएका थिए ।वेपता बालकको खोजी कार्य भइरहेको इलका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक थापाले वताए ।जिल्लाबाट गएको विपत व्यवस्थापनको टोली, नेपाली सेनाको टोली खोजी कार्य गरिसकेका छन् भने आज सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरिरहेको उनले जानकारी दिए ।