

पर्सा , असार १७
पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ टोल प्रसौनीमा स्वास्थ्य चौकीको स्थापना गरी उद्घाटन गरिएको छ ।उक्त स्वास्थ्य चौकीको एक कार्यक्रमको बिच बिहिबार बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देबी गुप्ताले उद्घाटन गरिकी छिन।प्रसौनीस्थित विद्यालयको पुरानो भवनको मर्मत तथा साम्भर गरि स्वास्थ्य चौकीको स्थापना गरिएको हो।गाऊँपालिकाको बजेटबाट ३ लाखको लागतमा बन्द रहेको बिधालय भवनको मर्मत साम्भर गरी ४ लाख बराबरको औषधि राखी उद्घाटन गरिएको गाउपालिका प्रमुख प्रसाशकिय अधिकृत मुन्ना कुमार रौनियारले बताए। स्वास्थ्य चौकी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख गुप्ताले प्रसौनीमा स्वास्थ्य चौकी स्थापनाले प्राथमिक उपचारको लागि गाउँवासीलाई सजिलो हुने वताइन । उनले वडा नं. ५ को बटसौरामा रहेको स्वास्थ्य चौकी प्रसौनीबाट टाढा भएका कारण प्रसौनी गाउँवासीको सहजताको लागि प्रसौनी मै स्वास्थ्य चौकी स्थापना गरिएको वताइन ।स्थापना गरिएको स्वास्थ्य चौकीमा एक जना हेल्थ एसिसटेन्ट, एक जना अनमी सहित ३ जनाले सेवा दिने जानकारी गराइन ।वडाध्यक्ष सुकदेव राउत अहीरको अध्यक्षतामा भएको स्वास्थ्य चौकी उद्घाटन कार्यक्रममा स्वास्थ्य संयोजक नरेश चौहान, नेपाली कांग्रेसका नेता बब्लु गुप्ता, योजना शाखा प्रमुख सिताराम पण्डित, शहकारी तथा कृषि शाखा प्रमुख रमेन्द्रनाथ तिवारी लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।