बारा , असार १८
शुक्रवार बिहान करिब पौने आठ बजे जंगली हात्तीको आक्रमणबाट बारामा एक जना कृषकको मृत्यु भएको छ ।हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा कलैया उपमहानगरपालिका-२, औधापुर निवासी ४५ बर्षीय रामदेव पटेल रहेका छन् ।खेतमा बिहान काम गरिरहेका पटेललाई जंगली हातीले आक्रमण गरि गम्भीर घाइते बनाएको थियो ।गम्भीर घाइते भएका पटेललाई उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।जङ्गल क्षेत्रबाट करिब १५/१६ किलोमिटर टाँढा सदरमुकाम कलैया नजिक आएर हातीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।