पर्सा , असार २०
जिराभवानी गाउपालिका वडा नं १ पिपराका बाढी पिडितहरुलाई आज तीन वटा संस्थाले राहत बितरन गरेका छन।सानो पाइल, बीरगंज जेसिस र हंड्रेड ग्रुपले राहत सहयोग गरेका हुन।बिरगंज जेसिस र हंड्रेड ग्रुप १२ वटा परिवारलाई सहयोग गरेका छन।जेसिसले पाच किलोग्राम खाना पकाउन ग्यास र चुलो, सर्फ तथा नुहाउने साबुन सहयोग गरेका छन। त्यस्तै हन्ड्रेडस ग्रुपले एक बोरा चामल, खाने तेल, चिउरा, त्रिपाल, बाल्टिन, जग, सेन्ट्री प्याड प्रति परिवार सहयोग गरेका छन । त्यस्तै सानोपाइलाले पनि सोही स्थानमा १२ प्याकेज राहत सामग्री बितरण गरेको छ। सहयोग बितरण कार्यक्रममा बीरगंज जेसिसका अध्यक्ष रञ्जन राउत, पूर्व अध्यक्ष शेखर चौधरी, महासचिव अजय चौधरी सदस्य अनोज चौधरी, सामाजिक अभियन्ता प्रकाश थारु, थारु पत्रकार संघ नेपाल पर्सा शाखाका अध्यक्ष ओमप्रकाश चौधरी, थारु मेलमिलापका परिवारका अध्यक्ष मनोज चौधरी, हन्ड्रेडस ग्रुपका अनिल कुमारले मन्तव्य व्यक्त गरेका थिए।
