जनकपुर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान भएको खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले ह्याट्रिक जित निकालेको हो ।
यसअघि विराटनगर किङ्स र कर्णाली याक्सलाई पराजित गरेको जनकपुरले आजको खेलमा पोखरालाई पराजित गरेको हो । यससँगै जनकपुरले एनपीएलमा खेलेका तीन वटै खेलमा जित निकालेको छ ।