काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ। आज सम्पन्न खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो ।
पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७ ओभर १ बलमा ३ विकेटको क्षेतिमा पुरा गर्यो। जनकपुरका लाहिरु मलिन्थाले सर्वाधिक ४५ रन जोडे । जिमी निसमले नटआउट ४०, आसिफ शेखले ३३ र हर्स ठाकरले १३ रनको योगदान गरे।