पर्सा , असार २०


Peace4Dalits Foundation Nepal र ग्रामीण दलित शिक्षा विकास केन्द्र नेपाल, दाङको संयुक्त सहकार्यमा स्थानीय संस्था दलित सामुदायिक विकास केन्द्र ,रौतहटको अनुरोधमा रौतहट जिल्लाको फतुवाबिजयपुर नगरपालिका -६ पेटभरवा कोभिड-१९ तथा लकडाउन प्रभावित प्रयाग महरा चमार लागि सहयोग गरिएको छ। कोभिड-१९ को विरुद्ध, रोकथाम , प्रतिकार्यको लागि विश्व र नेपाल भरी लकडाउनको अवस्था रहेकोे छ। रौतहट जिल्लामा पनि मिति २०७८/०१/१६ गतेदेखि हाल सम्म निषेधाज्ञा गरेको छ। रौतहट जिल्लामा पनि निषेधाज्ञा , लकडाउनले गर्दा धेरै दलित, मजदुर, जेष्ठ नागरिक, श्रमिकहरु प्रभावित रहेकोे छ्न। काम बन्द भएकोले दैनिकी ज्यालादारी गरेर काम गर्ने घरपरिवार लाई खाद्यान्नको समस्या रहेर भोकभोकको अवस्था भएको छ। यस चितन महरा चमारको परिवार अवस्था निकै कम्जोर रहेकोे थियो उहाँको परिवार २ जना छोरा २ जना छोरीमा १ छोरा र १ छोरी अपाङ्ग रहेका छ्न। चामल - ३० केजी को ६ बोरा ,आलु - १५ केजी ,तेल -५ लिटर( सन फलावर) ,दाल - ५ केजी ,नुन -३ केजी, साबुन - १० पिस ,सर्फ ५ पैकेट ,आयुर्वेदिक( लवन, लाईची , आदुवा, पेसार, ज्वाईन, मरिच)(पुरिया सानो सबै ) र मास्क १० पिस लगायतको सामग्रीहरु सहयोग गरिएको छ।कैलाली जिल्ला घर भएको हाल क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका बस्ने आदरणीय वरिष्ठ सामाजिक अभियान्ता दान बिश्वाकर्मा जिको पहल , सहकार्य र समन्वयमा पोखरा जिल्ला घर भएको हाल क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका बस्ने मनकारी आदरणीय अनिल सेन्चुरी र तनहुँ जिल्ला घर भएको मनकारी आदरणीय सुनिता सदाशंकर दुबै श्रीमानश्रीमती जि मार्फत खाद्यान्न राहत र कपडाको लागि सत्र हजार पाँच सहयोग आर्थिक सहयोग गर्नुभएको छ। सहयोग गर्ने मनकारीहरुलाई धेरै धेरै धन्यवाद छ।यस कार्यक्रममा दलित सामुदायिक विकास केन्द्र , रौतहटको अध्यक्ष उदयनारायण , डोम समुदाय विकास केन्द्र अध्यक्ष बिजय मल्लि , पिसफोर दलितस फाउन्डेसन नेपालको नागरिक स्वयंसेवीको संयोजक संन्जोग कुमार राम , दलित अगुवा सहभागिता रहेकोे छ। यस कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज रामले गर्नु भएको छ।